TharuExpress
मुख्य समाचार समाचार समाज स्थानिय

मोटरसाईकल दुर्घटना हुदा बीरगंजमा दुई जनाको मृत्यु

७ माघ,पर्सा । वीरगञ्जमा मोटरसाईकल दुर्घटनामा हुदा दुई जनाको मृत्यु भएको छ ।वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ जिल्ला आयुर्वेद अस्पतालदेखि पूर्व जाने सडकखण्डमा आज बिहान करिब ३ बजेको समयमा भएको मोटरसाईकल दुर्घटनामा दुईजनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा प्रदेश २–०३–०२१ प ५४३२ नम्बरको मोटरसाईकल टुक्रा टुक्रा भएको छ । तीब्र गतिका कारण मोटरसाईकलमा सवार दुवैजनाको मृत्यु भएको जिल्ला प्रहरी पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिनुभयो । मृतकहरुको सनाखत हुन सकेको छैन ।

content left

मृतक दुवैजनाको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालको शव गृहमा राखिएको छ । कबिहान मर्निङ वाक जानेहरुले मोटरसाईकल दुर्घटना भएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । लगत्तै गएको प्रहरी टोली घटनस्थल पुगेर मृतकको लाश नारायणी अस्पतालमा पु¥याएको हो ।

उनीहरुको सनाखत गर्ने काम भईरहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक थापाले बताउनुभयो । उहाँका अनुसार नेशनल मेडिकल कलेजमा अध्ययन गर्ने विद्यार्थीहरु हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

स्रोत नखुलेको २० लाख रुपैयाँसहित दुई जना पक्राउ

थारु एक्सप्रेस

विश्व मधुमेह दिवसको अवसरमा सोमबार विभिन्न जनचेतना मूलक कार्यक्रम गरी मनाइयो

थारु एक्सप्रेस

पर्सामा महिलालाइ यौन दुर्व्यवाहार गरेको आरोपमा एक जना रेडक्रसकर्मी पक्राउ

थारु एक्सप्रेस