पर्सा ९ पुनम चौधरी/
शुक्रबार अपराण १ बजे पोखरीमा नुहाउने क्रममा एक बालिकाले आफ्नो जान गुमाएको हो। बारा जिला करैयामाई गाउपालिका वडा न.४ लौतन गाउकी १० बर्षकी बालिका करैयामाई मंदिरको पोखरीमा नुहाउने क्रममा डूबेर आफ्नो जान गुमाएको हो l ५ जनाको समुहमा पोखरीमा नुहाउने क्रममा बालिकाको मृत्यु भाएको छ l
नुहाउने क्रममा आफ्नो समुहको साथी अचानक कम भएको देखेर खोजदा बालिकाको मृत्यु भई सकेको मृतकका साथीहरूले जानकारी गराएको हो l शवलाई पोस्टमाटम गरि परिवारलाई शव बुझाएको छ l घटनाको बारेमा थप अनुसन्धान भएरहेको बारा प्रहरीले बाताउनु भएको होl
प्रतिक्रिया लेख्नुहोस
