TharuExpress
समाचार

सुबोध स्मृति पुरस्कारबाट पत्रकार गोविन्द देवकोटा सम्मानित

भदौ १, विरगंज
प्रतीक दैनिकको ३६ औ वार्षिक उत्सवको उपलक्ष्यमा आज सुबोध स्मृति पुरस्कारबाट सामुदायीक एफएम रेडियो नारायणीका कार्यकारी निदेशक पत्रकार गोविन्द देवकोटा सम्मानित हुनु भएको छ । कार्यक्रमका प्रमुख अतिथी प्राध्यापक डा. वासुदेवलाल दास, विशिष्ट अतिथिहरु प्रमुख जिल्ला अधिकारी उमेश ढकाल, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य केसिलामिछाने, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोध गुप्ता लगायतले संयुक्त रूपमा पत्रकार देवकोटालाई ५१ हजार नगद सहित सम्मान पत्रले समाम्नित गरिएको थियो। पत्रकार महासंघको भवनमा सम्पन्न कार्यक्रममा प्रतीक दैनिकमा लामो समय देखि काम गर्दै आएका पत्रकार राधेश्याम पटेललाई सहायक प्रमुख जिल्ला अधिकारी भिमाकान्त पौडेल, पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बञ्जारा, पत्रकार गोविन्द देवकोटा लगायतले नगद रु १५ हजार सहित सम्मान पत्रले सम्मानित गरेका छन । यसैगरी प्रतीक दैनिकका लेखामा काम गर्ने मोहनलाल दासलाई पनि नगद रु ५ हजार सहित सम्मान पत्रले सम्मानित गरिएको थियो । कार्यक्रम प्रतिक दैनिका प्रधान सम्पादक जगदिश शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि डा. वासुदेव लाल दास, प्रजिअ उमेश कुमार ढकाल, डा.सुबोध गुप्ता, पत्रकार श्याम बञ्जारा, दिलीपराज कार्की, लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको संचालन प्रतीक दैनिकका सम्पादक पत्रकार प्रताप श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रममा बिभिन्न सञ्चार माध्यममा काम गर्ने पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

महाकाली नदीले कटान गर्न थालेपछि स्थानीयवासी अस्थायी तटबन्ध निमार्णमा जुटे

थारु एक्सप्रेस

वीरगञ्जमा खानेपानीको हाहाकार

थारु एक्सप्रेस

पढाईको साथ साथै सैद्धान्तिक सिप र ब्यवहारिक ज्ञान सिकाउदै रोयल एकेडमी

थारु एक्सप्रेस