TharuExpress
मुख्य समाचार समाज स्थानिय

थारु कल्याणकारी समिति पर्साद्वारा थारु समुदायका व्यक्तित्वहरु समानित

 

१७ चैत, थारु कल्याणकारी समिति पर्साले सनिवार एक विशेष कार्यक्रमको  आयोजना गरी थारु समुदायका विभिन्न क्षेत्रमा अग्र भूमिका निर्वाह गरेका व्यक्तित्वहरुलाई सम्मान गरेको छ।

कार्यक्रममा राजनीतिक, सामाजिक, व्यापारिक र राज्यका उच्च पदमा रहेर सेवानिवृत्त भएका व्यक्तिहरुलाई सम्मान गरिएको थियो। यसका साथै, थारु भाषा, संस्कृति, पहिरन र परम्परागत पहिचानको संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्नेहरुलाई पनि सम्मान गरिएको थियो।

 

content left

सखुवाप्रसौनी गाँउपालिकास्थित दिप नारायण नमूना आदर्श माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा थारु कल्याणकारी समिति पर्साका अध्यक्ष भागवत प्रसाद थारुको अध्यक्षता र केन्द्रीय सदस्य महेन्द्र चौधरीको प्रमुख आतिथ्य रहेको थियो।

सम्मानित हुनेहरुमा मुखदेव पंजियार, डा. कृपा सिंह चौधरी, पूर्व मन्त्री सुरेन्द्र प्रसाद चौधरी, संबिधान सभा सदस्य जय प्रकास थारु, प्रदेश सांसद शंकर प्रसाद महतो, मोहनलाल चौधरी, रामाकान्त गौरो, रामेश्वर महतो थारु, अरुण चौधरी, धन्नजय पंजियार, मोहन गौरो, मोहन दास थारु, जोखन दास थारु, चन्द्रदेव प्रसाद थारु, नेता नागेन्द्र प्रसाद चौधरी, रामबकस महतो थारु, राधेश्याम महतो, राजेन्द्र प्रसाद चौधरी, बासदेव महतो थारु, श्री फुलमति थारु, सखुवाप्रसौनी गापाका उपाध्यक्ष शर्मिला बिष्ट थारु, चिरञ्जीवी महतो, श्री प्रमेश्वर गौरो, तुलसी चौधरी, सत्यनरायन दास चौधरी,  सामाजिक अभियान्ता प्रकाश थारु र गणेश राउत थारु रहेका थिए।

थारु समुदायको विकास र पहिचानको संरक्षणमा उनीहरुले पुर्याएको योगदानको कदर गर्दै कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको थियो।कार्यक्रम संचालन मनोज चौधरीले गरेका थिए l

 

प्रतिक्रिया लेख्नुहोस

Related posts

नारायणी नदीमा पानीकाे सतहबढ्दै सतर्कता अपनाउ आग्रह

थारु एक्सप्रेस

चाडपर्वको मौका छोपेर उपभोग्य वस्तु देखि लिएर घर सजावने समानमा मूल्य बृद्धि

थारु एक्सप्रेस

बिद्यापती नगरमा शनिबार सरसफाई कार्यक्रम सम्पन

थारु एक्सप्रेस