पुनम चौधरी २० चैत/ प्रेम गरेकै कारण गाऊ निकाला या घर परिवारको मान्छेलाई यात्ना दिएको फिल्ममा हेर्नु भय होला तर आफ्नै गाऊ घरमा यस्तो घट्ना देखनु र सुन्न नभए होला l यो कुनै फिल्मको कहानी होइन, यो सत्य घटना हो l
यो कहानी बारा जिल्लाको करैयामाई गाउपालिका ढोरीया गाउमा बस्ने दीपक चौधरीको हो l दीपक एउटा साधारण परिवारमा जन्मेका व्यक्ति हुन्न l
उनको परिवार पाच सदस्सिये एकल परिवार हो lदीपक दैनिक ज्यलादारी गरी आफ्नो र आफ्नो परिवारको भरण पोषण गर्ने सरल स्वभावको ब्यक्ति हो l युवा भए पछि समाजमा कोई न कोई संग माया बस्ने स्वभाविकै हो l तर मायालाई गाउघरको समाजमा क्रूर दंडनिय अपराधको रुपमा नै देख्ने गरिन्छ l खोई समाजलाई सबलाई स्वतंत्रता तथा ख़ुशी पुर्बक जीवन जिउने अधिकार छ भन्ने कुरा किन बुझ्दैन l खोई कसरी यति क्रूर हुन सक्छ यो समाज ? युवा अवस्थामा दिपकलाई पनि आफ्नै समाजको एक केटी मन पर्छ र पछि उनिहरु बिच सच्चा प्रेम नै हुन्छ l दुबे जना एकआपस बिना नबाच्ने कसम नै खान्छन्न l
दीपक र पूर्णिमा बिचको गहिरो र सच्चा प्रेमको गाऊ भरि नै काने ख़ुशी चल्छ जुन समाजका ठेकेदारलाई पटकै मन पर्दैन l गाउ, घर, टोलहरुमा उनिहरुको प्रेमको सम्बन्धमा चर्चा हुन थालियों l समय अनुसार दिपक पुर्णिमाको प्रेम सम्बन्ध अझै सुमुधुर र प्रगाढ हुदै गयो l कही दिन पछि उनिहरु को प्रेम एउटा पबित्र सम्बन्धमा जोडिन्छ त्यो सम्बन्ध राधा र रुखमनीको हुन जान्छ तर प्रेमको उज्ज्यालो सहन नसक्ने गाउका ती भनाउदा भद्र भाल्दमी ठूला बड़ा कुरूप पंच समाजका भक्षक मुखियाहरु पंचायती बसी कही ननिकालीने जात्रा निकाल छन l
दीपक र पूर्णिमाको पबित्र प्रेमलाई संघिन अपराध मानी उनिहरु लाई २५ बर्षको लागि गाउ निकला गर्ने फैसला गर्छन lवा गाउ मै बस्नु छ भने ५ लाख को जरीबाना तिराउने फैसला सुनाउ छन l दैनिकी खर्चको लागि हाथमुख जोर्ने दीपक कहा बाट ल्याउने ५ लाखको जरिवाना ? ५ लाख तिर्ने स्थितिमा नरहेका दीपक २५ बर्षको लागी गाउ छोडने फैसला लाई नै आत्मसाथ गर्छ l दीपक र पुर्निमाले गाउ छोड पछि दीपकको एकात्मक परिवार बेसहारा भएर जान्छ l घर चलाउने युवा नै गाउ निकलामा परे पछि घर परिवारको बोझ बुढो बुवाको काधमा आउछ l
दीपक गाउ छाडे पछि उनको बुवाले नै अरुको ट्रेक्टर चलाएर गुजारा गरिरहेका थिए l जेनतेन गरि जीवन पाल्दै गर्दा, केही दिन अगाडी ट्रेक्टर पलटेर बुवाको डाढ भाचेको छ l आर्थिक अवस्था ठीक हुन्छ भनेर कान्छो भाई इंडिया गयो l
केही दिन नबित्दै नेपाल आउने क्रममा ट्रेन बाट ओरलने क्रममा भाईको खुटा रेलको पटरीमा परेर खुटा कटियो l अहिले भाई र बुवालाई इलाज गर्नका लागी पैसा नभएको उनी बताउछ l भाईको ईलाज नेशनल मेडिकल कलेजमा ठीक नभएर अहिले काठमाण्डौमा एक महिना देखि इलाज हुदै छ l भाईको इलाज त भईरहेको छ तर डक्टरको फि र उपचार खर्च कहा बाट दिने चिन्ता दिपकलाई सताई रहेको छ l
दीपकले गाउ छाडेको तिन बर्ष भयो l दिपकलाई इच्छा नहुदा हुदै पनि २५ बर्षको लागि गाउ छोडनु परियो l उनले घर परिवारका अवस्था देखेर प्रेम गरेको पछुतो बाहेक केही थिएन l उनले भने आफुले हुर्केको त्यही गाउमा पालन पोसन त्यही गाउ घरमा भयो l
घर जान कलाई मान लाग्दैन l समाजले गरेको निर्णय नमान्दा कुनै बिकल्प नै थिएन l अरुबेला गाउ, घर परिवारको याद नआए पनि पर्वहरुमा धेरै याद आउछ l एक्लै बसेर रुनु बाहेक केही गर्न सक्दैन l उनले भने लाग्छ की जिवनमा सब भन्दा ठुलो पाप गरेको छु, त्यस्तो गाउका मान्छेहरु ब्यवहार गर्छन l कुनै पनि गाउमा गरीबको लागि नियम र पावन्दी किन ? मेरो गाउको केटीसंग प्रेम गरेर बिवाह गरेको धेरै जना छन l
तर उनीहरुलाई कुनै किसिमको निर्णय, नियम, पवान्दी भएन l नियम धनि, गरीब सबको लागी एक नासको हुनु पर्छ l की मात्र गरीबले नै गलती गर्छ l जिवनमा हरेक ब्यक्ति गलती गर्छ l आफ्नो गलती सुधार्न्न को लागी एक मौका पनि दिनु पर्छ l तिन तहका सरकार भएपनि गाउ घरमा पूरानै रिति रिवाज मुखियानै मान छन l उनी दुई भाई र दुई बहिनी छन l दिपक घर परिवारका जेठो छोरा भएको करणले गर्दा घरको जिम्वारी दिपककई काधमा थियो l दुई बहिनी र एक भाई को बिहे गर्न जिमा उसिकई थियो l
आफुले प्रेम गरेको केटीसंग धूमधामसंग विवाह गर्न सपना बुनेको थियो l दीपकको आर्थिक अवस्था दनिय छ l सम्पतिको नाममा बस्ने घर बाहेक केही छैन l तिन बर्षमा उनको जिवनमा
