सेढवा २१ असोज/
पर्साको जिराभवानी गाँउपालिकामा गएराती मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जगरनाथपुर गाँउपालिका वडा नं २ निवासी ३८ बर्षिय उमेश यादव रहेको प्रहरीले जनाएका छन। यादव जिराभवानी गापा वडा नं १ जगतियामा रहेका एक लेथ मेशिनको ग्यारेजमा मिस्त्रीको काम गर्दै आएका छन। स्थानीयहरुका अनुसार बिहिवार राती करिब दश बजे बी आर २२ के नम्बरको भारतीय मोटरसाइकलमा घर फर्केका थिए। महादेवपटी भनदा आठ सय मिटर पूर्व रहेका कल्भर्टमा ठक्कर दिई दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसंन्धान रहेका छन।
कल्भर्ट संगै रहेका कुलोमा मोटरसाइकल र करिब १५ मिटर तल कुलोमा यादवको शव स्थानीयहरुले देखे पछि प्रहरीलाई खबर गरेका थिए। बिहिवार दिनभरी परेका अबिरल बर्षाका कारण कुलोको पानीको सतह बढेका र शवलाई बगाएको प्रहरीको जनाएका छन। शवलाई पोषटमार्टमका लागि नारायणी अस्पतालमा पठाइएका प्रहरी चौकी महादेवपटीका प्रसनि महेश्वर कुमार पासवानले जनाएका छन।
