TharuExpress
Uncategorized मुख्य समाचार समाज स्थानिय

बारामा प्रहरी र डाँकाबीच भिडन्त

 

 

 

१९ भाद्र     बारा – बारामा प्रहरी र डाँकाबीच भिडन्त भएको छ । जितपुरसिमरा उपमहानगरपालिका–२३ मा रहेको एरोटेक प्रालिमा लुटपाट गर्न आएका डाँकाकाे समूह र प्रहरीबीच गएराति झन्डै साढे १२ बजे भिडन्त भएको हो।

उद्योगमा डकैती गर्न डाँकाहरुको समूह आएको सूचना पाएपछि पुगेको वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) कमल बहादुर शाही नेतृत्वको प्रहरी टोलीसँग भिडन्त भएको प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी गराउनुभयो ।

content left

डाँकाहरुको समूहबाट एक राउन्ड र प्रहरीको तर्फबाट तीन राउन्ड गोली चलेको प्रहरी उपरीक्षक बोगटीले बताउनु भयो   । डाँकाहरुको रड प्रहारबाट वरिष्ठ प्रहरी नायब निरीक्षक शाही घाइते हुनुभएको छ । उहाँको वीरगञ्ज हेल्थ केयर हस्पिटलमा उपचार भइरहेको छ ।

प्रहरीले दुईजना डाँकालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट तीन राउन्ड गोली, एक थान भरुवा बन्दुक र एक थान कटुवा पेस्तोल बरामद गरिएको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिनुभयो ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

जिराभवानी गाँउपालिकाबाट मंगलबार लागू औषध गाँजा सहित दुई जनालाई पक्राउ

थारु एक्सप्रेस

नागरिकता बनाउन विषयमा झगडा हुदा महिलाको हत्या

थारु एक्सप्रेस

पर्साको जिराभवानीमा भार्तिय चोरीपैठारीको राङ्गा भैंसी सशस्त्र प्रहरी द्वारा पक्राउ

थारु एक्सप्रेस