TharuExpress
मुख्य समाचार शिक्षा समाज

स्कूलकी प्रधानाध्यापक रोमी कौरद्वरा भिभावकलाई बोलाएर सम्पूर्ण पैसा बुझाएर त्यहाँबाट आफ्नो बच्चालाई लैजान धम्की

 

 

 

वीरगंज (पर्सा) १६ । वीरगंजको पावरहाउस चोकस्थित जीएचपी स्कूलले अभिभावकलाई विद्यार्थीलाई निष्काशन गर्ने धम्की दिएको छ । स्कूलकी प्रधानाध्यापक रोमी कौरले अभिभावकलाई बोलाएर सम्पूर्ण पैसा बुझाएर त्यहाँबाट आफ्नो बच्चालाई लैजान धम्की दिएकी हुन् ।

content left

गत भदौ ७ गते शूल्कको विषयलाई लिएर विवाद भएपछि स्कूल बद्नाम भएको भन्दै उनले बाँकी सम्पूर्ण शूल्क तिरेर त्यहाँबाट आफ्नो बच्चा अन्यत्र स्कूलमा लैजान धम्की दिएकी हुन् । जीएचपी स्कुलले शूल्क नतिरेको कारण बच्चालाई परीक्षाबाट बञ्चित गरेको भन्दै एकजना अभिभावकले अभिभावक संघर्ष समितिलाई गुनासो गरेको थियो ।

त्यही गुनासोको आधारमा संघर्ष समितिका अध्यक्ष सन्दीप साहसहितको टोली गुनासो बुझ्न स्कूलमा जाँदा स्कूलमा कार्यरत शिक्षक तथा कर्मचारीहरुले गुण्डागर्दी शैलीमा दूव्र्यवहार गरेका थिए । त्यसपश्चात् स्कूल विवादमा मुछिएको थियो ।

 

स्कूलले अभिभावकहरुमाथि गुण्डागर्दी शैलीमा दूव्र्यवहार गरेको भन्दै अभिभावक संघर्ष समितिले स्कुललाई कारवाहीको माग गर्दै वीरगंज महानगरपालिकालाई ध्यानाकर्षण समेत गराएको थियो । तर, महानगरपालिकाले कुनै किसिमको कारवाही प्रक्रिया अगाडि नबढाएपछि संघर्ष समितिले चरणबद्ध आन्दोलन शुरु गरेको थियो ।

अभिभावक संघर्ष समितिले शूल्क बृद्धिदेखि लिएर स्कूलको गुण्डागर्दी रोक्नुपर्ने माग गर्दै विरोध प्रदर्शनसमेत गरेको थियो । तर, विद्यालयलाई हालसम्म महानगरपालिकाले कुनै किसिमको कारवाही प्रक्रिया बढाएको छैन । यहाँसम्म कि स्पष्टीकरण समेत सोधेको छैन ।

बरु, उल्टै विद्यालयले अभिभावक संघर्ष समितिमाथि दोषारोपण गर्दै आएको छ । स्कूल विवादमा मुछिएपछि स्कूलकी प्रधानाध्यापा रोमी कौरले स्कुलको कमी कमजोरीलाई ढाकछोप गर्न विभिन्न प्रपञ्च समेत रचेकी थिइन् ।

यहाँसम्म कि केही सञ्चार संस्थालाई आर्थिक प्रलोभनमा पारी आफ्नो स्कूल पढाईमा अब्बल रहेको भनेर झुठा प्रचारबाजी समेत गरेकी थिइन् । सम्बन्धित निकाय वीरगंज महानगरपालिका यति हुँदापनि मुर्कदर्शक बनेर बसेको अवस्था छ ।

हाल आएर स्कूलले विद्यार्थी निष्काशन गर्ने अभिभावकलाई धम्की दिन थालेको छ । स्कूलको कमी कमजोरी बाहिर भनेको भन्दै प्रधानाध्यापक कौरले विद्यार्थी निष्काशन गर्ने धम्की दिएको भिडियो यस सञ्चार प्रतिष्ठानलाई प्राप्त भएको छ ।

विद्यालयको आन्तरिक कुरा आफूलाई भन्नुपर्ने र त्यसको समाधान आफूले गर्ने तर, आफूलाई जानकारी नै नदिई अभिभावक संघर्ष समितिलाई जानकारी दिएर विद्यालयको बद्नामी गराएको भन्दै विद्यार्थी निष्काशन गर्ने धम्की दिएकी हुन् ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

बिद्यापती नगरमा शनिबार सरसफाई कार्यक्रम सम्पन

थारु एक्सप्रेस

आज धनधान्य, ऐश्वर्य र सम्पन्नताकी प्रतीक लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाइँदै

थारु एक्सप्रेस

पर्सामा  डेपुटी मेयर्स क्लब गठन

थारु एक्सप्रेस