वीरगंज, साउन ३१
जनता जनार्धन पार्टी नेपालको आज एक कार्यक्रमका बिच वीरगंजमा घोषणा गरिएको छ । नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा पत्रकार सम्मेलन गरि पार्टीको घोषणा गरिएको हो । पार्टीका केन्द्रिय सदस्य प्रमोद सहनी निषादको अध्यक्षता एवं केन्द्रिय अध्यक्ष जितेन्द्र सहनी निषादको प्रमुख आतिथ्यमा घोषणा सभा सम्पन्न भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय अध्यक्ष निषादले नेपालमा बिद्यमान पार्टीहरुले राजनितिलाई व्यवपार बनाएकोले आफु बाध्य भएर नयाँ दल दर्ता गरेको बताए । उनले देशमा शाषन व्यवस्था परिवर्तन गर्न, वेरोजगारीको समस्या समाधान गर्न र राजनिति मार्फत नेपाली जनताको सेवा गर्न दल दर्ता गरेको बताए । निषादले २१ सदसिय केन्द्रिय कार्य समिती गठन गरिएको र जिल्ला र प्रदेशमा गठनको प्रक्रिया शुरु भएको जानकारी दिए । कार्यक्रममा पार्टीका नेताहरु जयकिसुन मुखिया, बिनोद जयसवाल, सुदामा मुखिया लगायतको उपस्थिति थियो ।
जनता जनार्धन पार्टीको वीरगंजमा घोषणा
प्रतिक्रिया लेख्नुहोस
