TharuExpress
अन्तराष्ट्रिय

भाजपा नेतृ नुपुर शर्माको समर्थनमा वीरगन्जमा हिन्दुवादीहरुको प्रदर्शन

वीरगन्ज,२८ जेठः भारतीय जनता पार्टी (भाजपा) का पूर्व प्रवक्ता नुपुर शर्मा र नेता नविन जिन्दलको समर्थनमा वीरगन्जमा शनिबार हिन्दु धर्मका अगुवाहरुले प्रदर्शन गरेका छन् ।
इश्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदका बारेमा नुपुर शर्मा र नेता नविन जिन्दलले नकारात्मक टिप्पणी गरेको भन्दै दुवै जनाको विरोधमा शुक्रबार वीरगन्जमै मुस्लिम समुदायले भारतीय महावाणिज्य दूतावास अगाडि नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।
शनिबार भने हिन्दुवादीहरुले नुपुर शर्मा र नविन जिन्दलको समर्थनमा वीरगन्जमारयाली निकालेर प्रदर्शन गरेका हुन् । हिन्दुत्वको रक्षाको लागि एक हौ भन्ने मुल नारा लेखिएको ब्यानर , पम्प्लेट बोकेर हिन्दुवादीहरुले निकालेको समर्थन रयालीले नगर परिक्रमा गरेको थियो । समर्थन रयालीमा सहभागीहरुले हिन्दु हुनुमा हामीलाइ गर्व छ , भाजपा नेतृ नपुर शर्मालाइ हाम्रो समर्थन छ लगायतका नारा लगाएका थिए ।
भाजपा नेताहरुले हिन्दु धर्मको रक्षाका लागि अभिव्यक्ति दिएकाले उनिहरुको समर्थनमा रयाली निकालेर प्रदर्शन गरिएको हिन्दु परिषद नेपालका केन्द्रिय अध्यक्ष सन्तोष पटेलले बताए ।
मुस्लिम धर्मका बारेमा नकारात्मक टिप्पणी गरेको भन्दै नुपुर शर्मा र नविन जिन्दललाइ भाजपाले पार्टीबाट कारबाही गरिसकेको छ

प्रतिक्रिया लेख्नुहोस

Related posts

वीरगञ्जमा खानेपानीको हाहाकार

थारु एक्सप्रेस

नेपाल आदिवासी जनजाति महासघ पर्सा जिल्ला समन्वय परिषद द्वारा २९औं आदिवासी जनजाती दिवस मनाइयो ………

थारु एक्सप्रेस

महाकाली नदीले कटान गर्न थालेपछि स्थानीयवासी अस्थायी तटबन्ध निमार्णमा जुटे

थारु एक्सप्रेस