TharuExpress
मुख्य समाचार

हत्या आरोपमा जेलमा रहेका अफताब आलमको नाम पनि सिफारिस

वीरगन्ज ,१६ भदौं : हत्याको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका मोहम्मद अफ्ताब आलमलाई नेपाली कांग्रेस रौतहटले संघीय संसदको उम्मेदवारमा सर्वसम्मत सिफारिस गरेको छ।

 

 

 

आगामी मंसिर ४ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका आलामको नाम रौतहट क्षेत्र नम्बर २ उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस भएको हो।

आलम हाल विस्फोटक पदार्थ तथा सामूहिक हत्या अभियोगमा पुर्पक्षका लागि ललितपुरस्थित कारागारमा रहेका छन्।

content left

आलमसँगै कांग्रेस रौतहट २ नम्बर क्षेत्रीय कार्य समितिले अञ्जु झाको नाम पनि महिलातर्फ सिफारिस गरेको छ।

आलमको कर्तव्य ज्यानसम्बन्धी मुद्दा रौतहट जिल्ला अदालतमा विचाराधीन छ।

कांग्रेस रौतहटका सभापति जितेन्द्र यादव ‘सुनिल’ले पनि क्षेत्रीय कार्य समितिले आलमको नाम सिफारिस गरेको बताए।

‘एकल निर्णय गरेर पठाएको भन्ने मैले पनि सुने। तर, मकहाँ औपचारिक रुपमा क्षेत्रीय समितिको निर्णय आइसकेको छैन’, उनले भने।

प्रतिक्रिया लेख्नुहोस

Related posts

महाकाली नदीले कटान गर्न थालेपछि स्थानीयवासी अस्थायी तटबन्ध निमार्णमा जुटे

थारु एक्सप्रेस

सेढवामा एक जना यूवकद्वारा आत्महत्या

थारु एक्सप्रेस

अन्तराष्ट्रिय महिला दिवशको अवसरमा सुत्केरी सहायता प्रदान

थारु एक्सप्रेस