TharuExpress
मुख्य समाचार स्थानिय

भाथामा भर्याङ्गको रेलिङ्ग भाचिएर दुई जना बालिकाको मृत्यु भएको सामाचार गलत

सेढवा १८ सावन/ओमप्रकासचौधरी
पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत रहेका दुधेश्वर महादेव मन्दिर रामभौरी भाथामा लागेका सावनी मेलामा दुर्घटना भइ दुई जना बालिकाको मृत्यु भएको सामाचार गलत भएको प्रहरीले जनाएका छन। सामाजिक संजालमा आएका यी कुरा सरासर गलत भएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरिक्षक किशोर आचार्यले जनाएका छन। भक्तजनहरुलाई मन्दिरमा दर्शन गर्न जानका लागि बनाइएको भर्याङ्गको रेलिङ्ग भिडका कारण भाचिएर दुर्घटना भएको तर कुनै किसिम्मको मानवीय क्षति नभएक़ो प्र नि आचार्यले

बताए।
यस सम्बन्धमा दुधेश्वर महादेव मन्दिर मेला समितिका सदस्य शिव चौधरीका अनुसार भक्तजनको अत्यधिक भिडका कारण गत सोमवारको बिहान करिब ८:३० बजे सो घटना भएको र त्यसमा तीन चार जना युवतीहरु समान्य घाइते भएको र निशुल्क स्वास्थ्य शिविरमा उपचार गरि उनीहरुको अभिभावकहरुको जिम्मा लगाई घर फर्काइएको चौधरीले जनाएको छन। सामाजिक संजालमा आएको दुई जनाको मृत्यु भएको खबर सरासर गलत भएको र यस्ता गलत खबरको पछि नलाग्न चौधरीले आग्रह गरे।

प्रतिक्रिया लेख्नुहोस
content left

Related posts

सेढवामा आयोजित महादुर्गा पूजा एक कार्यक्रमका बीच जिराभवानी गाउपालिकाका अध्यक्ष अनोज चौधरी द्वारा उदघाटन

थारु एक्सप्रेस

सेस्मी इन्टरनेसनल विद्यालय द्वारा पहिलो फुड फेस्ट प्रतियोगिता समपन….

थारु एक्सप्रेस

सिमरामा क्रियटिभ प्रथम जीतपुरसिमरा भेट्रान कप प्रतियोगिता हुने

थारु एक्सप्रेस