जिराभवानी, २७ माघ।
पर्सा निर्वाचन क्षेत्र नम्बर–४ मा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश रिजालप्रति मुस्लिम समुदायको समर्थन बढ्दै गएको देखिएको छ।
जगरनाथपुर गाउँपालिका–१ र २ अन्तर्गत पर्ने पाँडेपुर र पिडारीमा गरिएको घरदैलो कार्यक्रममा स्थानीय मुस्लिम समुदायले उम्मेदवार रिजाललाई स्वागत गर्दै आगामी निर्वाचनमा साथ दिने प्रतिबद्धता जनाएका छन्। पर्सा–४ का अन्य स्थानमा पनि मुस्लिम समुदायका मतदाताले रिजालप्रति सकारात्मक धारणा व्यक्त गरिरहेका छन्।
पूर्व मन्त्री तथा निर्वतमान सांसदसमेत रहेका रिजालको सरल र मिलनसार स्वभाव, जनतासँगको निकटता तथा सबै समुदायप्रति समान दृष्टिकोणका कारण विश्वास बढेको स्थानीयको भनाइ छ। स्थानीय अगुवाहरूका अनुसार जनताको समस्या बुझ्ने र समावेशी विकासको पक्षमा उभिने नेताका रूपमा रिजालप्रति भरोसा बढ्दै गएको हो।
घरदैलो तथा जनसम्पर्क कार्यक्रममार्फत रिजालले शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार विकास र सामाजिक सद्भावलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै आएका छन्। विभिन्न समुदायको समर्थनसँगै पर्सा–४ मा उनको चुनावी अभियान सशक्त बन्दै गएको देखिन्छ।
पर्सा–४ मा रमेश रिजालप्रति मुस्लिम समुदायको समर्थन
प्रतिक्रिया लेख्नुहोस
