पटेर्वासुगौली, ११ पुस।
थारु पत्रकार संघ नेपाल पर्सा शाखाका कोषाध्यक्ष तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) पर्सा शाखाका सचिव एन्जल चौधरीकी आमा देवकी कुमारीको ६५ वर्षको उमेरमा निधन भएको छ।
पटेर्वासुगौली गाउँपालिका वडा नं. २ बेलवामा आज बिहान उनको असामयिक निधन भएको हो। लामो समयदेखि सामान्य स्वास्थ्य समस्याबाट पीडित रहँदै आएकी देवकी कुमारीको निधनको खबरले परिवारजन, आफन्त तथा शुभेच्छुकहरूलाई शोकमा डुबाएको छ।
दिवंगत देवकी कुमारी एक सरल, मृदुभाषी तथा सामाजिक स्वभावकी महिला रहेको स्थानीयवासीहरूले स्मरण गरेका छन्। उनले आफ्नो जीवनकालमा परिवार र समाजप्रति समर्पित भूमिका निर्वाह गर्दै आएकी थिइन्।
उनको निधनप्रति थारु पत्रकार संघ नेपाल, फोनिज पर्सा शाखा तथा विभिन्न सामाजिक संघ–संस्थाले गहिरो दुःख व्यक्त गर्दै शोक सन्देश जारी गरेका छन्। साथै, शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरिएको छ।
दिवंगतको पार्थिव शरीरको हिन्दू परम्परा अनुसार आजै अन्त्येष्टि गरिएको छ।
थारु पत्रकार संघ नेपाल पर्साको कोषाध्यक्ष चौधरीको आमाको निधन
प्रतिक्रिया लेख्नुहोस
