ठोरी गाउॅपालिका ६ पुष।
पर्साको ठोरी गाउँपालिका वडा नं ५ स्थित बाघमोर्चामाई मन्दिर परिसरमा श्रम संस्कृति पार्टीको पर्सा जिल्ला भेला, जिल्ला समिति गठन तथा पार्टी प्रवेश कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
“हाम्रो धर्ती, हाम्रो आकाश हाम्रै परिवेश। श्रम गरि सबै मिलि बनाऔं यो देश” भन्ने मुख्य नाराका साथ आयोजित कार्यक्रममा धरान उपमहानगरपालिकाका नगरप्रमुख तथा श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्क साम्पाङ प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
दिउँसो करिब २ बजे सुरु भएको कार्यक्रम ४ बजेसम्म चलेको थियो। कार्यक्रममा श्रम संस्कृति पार्टीका पर्सा जिल्ला संयोजक प्रताप पाख्रिन, केन्द्रीय सदस्यहरू केन्द्र दिवस राई, शान्ति पाख्रिन, मन्दिरा मोक्तान, महेन्द्र पुनलगायतको उपस्थिति रहेको थियो। कार्यक्रम स्थलमा करिब २०० देखि २१० जना स्थानीयको सहभागिता रहेको आयोजकले जनाएका छन्।
कार्यक्रमको औपचारिक उद्घाटन श्रम संस्कृति पार्टीका मधेश प्रदेश सह–संयोजक छोटेलाल पठानको मन्तव्यबाट गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि हर्क साम्पाङले पुराना राजनीतिक नेतृत्वहरूले अपेक्षित काम गर्न नसकेकाले देश विकास पछाडि परेको आरोप लगाउनुभयो। उहाँले राजनीतिक क्षेत्रमा भ्रष्टाचार व्याप्त रहेको, विदेशमा बस्ने नेपालीहरूले श्रम संस्कृति पार्टीलाई उल्लेखनीय सहयोग गरिरहेको, प्रहरीमाथि राजनीतिक दबाब बढ्दै गएको तथा भूगोल विना देशको अस्तित्व सम्भव नहुने भएकाले सीमा सुरक्षा अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो।
कार्यक्रमको अन्त्यमा नेपाली कांग्रेसका सदस्य भिमचन्द्र गुरुङले अध्यक्ष हर्क साम्पाङसँग अनौपचारिक भेटवार्ता गर्दै भोलि नवलपुरमा सुकुम्बासीको हक–हितका लागि आयोजना हुने कार्यक्रममा उपस्थित हुन अनुरोध गर्नुभएको थियो।
ठोरी–५ मा श्रम संस्कृति पार्टीको पर्सा जिल्ला भेला सम्पन्न
प्रतिक्रिया लेख्नुहोस
