TharuExpress
Uncategorized मुख्य समाचार

सिरहाकाे मिर्चैयाबाट हेटौंडाका लागि छुटेको बसको ठक्करबाट एक जनाको मृत्यु

 

वीरगन्ज ,२७ भाद्र : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगरपालिका–१०, नयाँरोडमा सोमबार बिहान ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

content left

सिरहाकाे मिर्चैयाबाट हेटौंडाका लागि छुटेको ना ८ ख ८२६७ नम्वरको गहुँ लोड भएको ट्रकले ठक्कर दिँदा हरिवन नगरपालिका–९ निवासी ५० वर्षीय रामचन्द्र रायमाझीको मृत्यु भएको हो । रायमाझी मर्निङवाकका लागि सडकमा निस्किएका थिए ।

साेमबार बिहान ४ बजेतिर भएको दुर्घटनामा रायमाझीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइसकिएको हरिवनका प्रहरी निरीक्षक मुकेश ताम्राकारले बताए ।ट्रकका चालक प्रहरी नियन्त्रणमा रहेकाे उनले बताए ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

ठोरी–३ मा मध्यराति प्रहरीको छापा, डेढ क्युन्टलभन्दा बढी गाँजा बरामद, घरधनी फरार

थारु एक्सप्रेस

जगरनाथपुर गाउँपालिकामा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

थारु एक्सप्रेस

नागरिकता बनाउन विषयमा झगडा हुदा महिलाको हत्या

थारु एक्सप्रेस