पर्सा ३१ असोज/ “बातो बात” नामक कार्यक्रमको श्रीगनेशाय हुने भएको छ।थारु एक्स्प्रेस्सको बिल्कुलै नौलो प्रस्तुति कार्यक्रम* बातो बात* अब शुभ आरम्भ हुने भएको छ।बिगत केही समय देखि नै हामी यस कार्यक्रम को तयारीमा जुटेका थियौ तर अहिले आएर लगभग सम्पुर्ण तयारीहरु पुर्नरुपले भई सकेको छ भनेर थारु पत्रकार संघ नेपाल पर्साका अध्यक्ष सम्भु महतो थारुले जानकारी गराउनु भएको छ।यो कार्यक्रम एक समाजिक, घरायसी, राजनितीक,आर्थिक ,सागीतिकको समिश्रण हो । जसमा घर परिवार समाजको रास्ट्रको, देशको जल्दो बल्दो कुरालाई अगरपन्तिमा राखेर छलफल गरिनेछ।चाहे त्यो खेलबाट होस या राजनीतिकबाट होस गीत सगीत बाट होस अथवा आर्थिक ब्यपार बाट होस या स्वास्थ बाट नै होस।
*बातो बात *एक अन्तर्वार्ता किसिमको कार्यक्रम हो। यसमा सबै प्रकारका अथितीहरु आउन सक्ने छ ।जस्तै डाक्टर,उधोगकर्मी,राजनीतिक,सन्चारकर्मी,सगीतकर्मी खेलाडी तथापि एक रिक्सा चालक देखि लिएर प्लेन चालक समेत यस कार्यक्रममा आफ्नो बिचार राख्न सकिनेछ।यस कार्यक्रम समयपरिस्थिति अनुसार आउट्डोर र इन्डोर छायांकन हुनसक्छ।सम्भत यो कार्यक्रमको समय आवधी २० देखि ३० मिनेट हुनेछ।कार्यक्रम बातो बात tharuexpressको अधिकारीक पेजबाट हरेक सनिवार प्रसारण हुनेछ भने कार्यक्रमको संचालक दिपेन्द्र चौधरीले बताउनु भयो।
