TharuExpress
मुख्य समाचार समाचार समाज स्थानिय

प्रेम गरेकै कारण गाऊ निकाला

पुनम चौधरी २० चैत/ प्रेम गरेकै कारण गाऊ निकाला या घर परिवारको मान्छेलाई यात्ना दिएको फिल्ममा हेर्नु भय होला तर आफ्नै गाऊ घरमा यस्तो घट्ना देखनु र सुन्न नभए होला l  यो कुनै फिल्मको कहानी होइन, यो सत्य घटना हो l

यो कहानी बारा जिल्लाको करैयामाई गाउपालिका ढोरीया गाउमा बस्ने दीपक चौधरीको हो l दीपक एउटा साधारण परिवारमा जन्मेका व्यक्ति हुन्न l

उनको परिवार पाच सदस्सिये एकल परिवार हो lदीपक दैनिक ज्यलादारी गरी आफ्नो र आफ्नो परिवारको भरण पोषण गर्ने सरल स्वभावको ब्यक्ति हो l युवा भए पछि समाजमा कोई न कोई संग माया बस्ने स्वभाविकै हो l तर मायालाई गाउघरको समाजमा क्रूर दंडनिय अपराधको रुपमा नै देख्ने गरिन्छ  l खोई समाजलाई  सबलाई स्वतंत्रता तथा ख़ुशी पुर्बक जीवन जिउने अधिकार छ भन्ने कुरा किन बुझ्दैन l खोई कसरी यति क्रूर हुन सक्छ यो समाज ? युवा अवस्थामा दिपकलाई पनि आफ्नै समाजको एक केटी मन पर्छ  र पछि उनिहरु बिच सच्चा प्रेम नै हुन्छ l दुबे जना एकआपस बिना नबाच्ने कसम नै खान्छन्न l

content left

दीपक र पूर्णिमा बिचको गहिरो र सच्चा प्रेमको गाऊ भरि नै काने ख़ुशी चल्छ जुन समाजका ठेकेदारलाई पटकै मन पर्दैन l गाउ, घर, टोलहरुमा उनिहरुको प्रेमको सम्बन्धमा चर्चा हुन थालियों l समय अनुसार दिपक पुर्णिमाको प्रेम सम्बन्ध अझै सुमुधुर र प्रगाढ हुदै गयो l कही दिन पछि उनिहरु को प्रेम एउटा पबित्र सम्बन्धमा जोडिन्छ त्यो सम्बन्ध राधा र रुखमनीको हुन जान्छ तर प्रेमको उज्ज्यालो सहन नसक्ने गाउका ती भनाउदा भद्र भाल्दमी ठूला बड़ा कुरूप पंच समाजका भक्षक मुखियाहरु पंचायती बसी कही ननिकालीने जात्रा निकाल छन l

दीपक र पूर्णिमाको पबित्र प्रेमलाई संघिन अपराध मानी उनिहरु लाई २५ बर्षको लागि गाउ निकला गर्ने फैसला गर्छन lवा गाउ मै बस्नु छ भने ५ लाख को जरीबाना तिराउने फैसला सुनाउ छन l दैनिकी खर्चको लागि हाथमुख जोर्ने दीपक कहा बाट ल्याउने ५ लाखको जरिवाना ? ५ लाख तिर्ने स्थितिमा नरहेका दीपक २५ बर्षको लागी गाउ छोडने फैसला लाई नै आत्मसाथ गर्छ l दीपक र पुर्निमाले गाउ छोड पछि दीपकको एकात्मक परिवार बेसहारा भएर जान्छ l घर चलाउने युवा नै गाउ निकलामा परे पछि घर परिवारको बोझ बुढो बुवाको काधमा आउछ l

दीपक गाउ छाडे पछि उनको बुवाले नै अरुको ट्रेक्टर चलाएर गुजारा गरिरहेका  थिए l जेनतेन  गरि जीवन पाल्दै गर्दा, केही दिन अगाडी ट्रेक्टर पलटेर बुवाको डाढ भाचेको छ l आर्थिक अवस्था ठीक हुन्छ भनेर कान्छो भाई इंडिया गयो l

केही दिन नबित्दै नेपाल आउने क्रममा ट्रेन बाट ओरलने क्रममा भाईको खुटा रेलको पटरीमा परेर खुटा कटियो l अहिले भाई र बुवालाई इलाज गर्नका लागी पैसा नभएको उनी बताउछ l भाईको ईलाज नेशनल मेडिकल कलेजमा  ठीक नभएर अहिले काठमाण्डौमा एक महिना देखि इलाज  हुदै छ l भाईको इलाज त  भईरहेको छ तर डक्टरको फि र उपचार खर्च कहा बाट दिने चिन्ता दिपकलाई सताई रहेको छ l

दीपकले गाउ छाडेको तिन बर्ष भयो l दिपकलाई इच्छा नहुदा हुदै पनि २५ बर्षको लागि  गाउ छोडनु परियो l उनले घर परिवारका अवस्था देखेर प्रेम गरेको पछुतो  बाहेक केही थिएन  l उनले भने आफुले हुर्केको  त्यही गाउमा पालन पोसन त्यही गाउ घरमा भयो l

घर जान कलाई मान लाग्दैन l समाजले गरेको निर्णय नमान्दा कुनै बिकल्प नै थिएन l अरुबेला गाउ, घर परिवारको याद नआए पनि पर्वहरुमा धेरै याद आउछ l एक्लै  बसेर रुनु बाहेक केही गर्न सक्दैन l उनले भने लाग्छ की जिवनमा सब भन्दा ठुलो पाप गरेको छु, त्यस्तो गाउका मान्छेहरु ब्यवहार  गर्छन l कुनै पनि गाउमा गरीबको लागि नियम र पावन्दी किन ? मेरो गाउको केटीसंग प्रेम गरेर बिवाह गरेको धेरै जना छन l

तर उनीहरुलाई कुनै किसिमको निर्णय, नियम, पवान्दी भएन l नियम धनि, गरीब सबको लागी एक नासको हुनु पर्छ l की मात्र गरीबले नै गलती गर्छ l जिवनमा हरेक ब्यक्ति गलती गर्छ l आफ्नो गलती सुधार्न्न को लागी एक मौका पनि दिनु पर्छ l तिन तहका सरकार भएपनि गाउ घरमा पूरानै रिति रिवाज मुखियानै मान छन l उनी दुई भाई र दुई बहिनी छन l दिपक घर परिवारका जेठो छोरा भएको करणले गर्दा घरको जिम्वारी दिपककई काधमा थियो l दुई बहिनी र एक भाई को बिहे गर्न जिमा उसिकई थियो l

आफुले प्रेम गरेको केटीसंग धूमधामसंग विवाह गर्न सपना बुनेको थियो l   दीपकको आर्थिक अवस्था दनिय छ l सम्पतिको नाममा बस्ने घर बाहेक केही छैन l तिन बर्षमा उनको जिवनमा

प्रतिक्रिया लेख्नुहोस

Related posts

बिरगंजको इनरुवा गाउ नाका बाट खुल्याम माछाको तस्करी हुदै

थारु एक्सप्रेस

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा जनता समाजवादी पार्टीद्वारा वीरगन्जमा प्रदर्श

थारु एक्सप्रेस

भारतबाट अवैध रुपमा भित्र्याइएको ठूलो परिमाणको फर्जी मतपत्रसहित एक भारतीय पक्राउ

थारु एक्सप्रेस