TharuExpress
समाचार समाज स्थानिय

विहेस्थलबाट पक्राउ परेका बेहुलासहित पाँच जना धरौटीमा रिहा

वीरगन्ज,१५चैतःवीरगन्जमा गत फागुन २८ गते दाइजोको निहुँमा भाँडिएको विहेस्थलबाट पक्राउ परेका बेहुलासहित पाँच जना धरौटीमा रिहा भएका छन् ।रिहा हुनेमा बेहुला बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ४ सिनेमा हल टोलका उमेश साह ,उनका बुबा बच्चालाल साह , बेहुलाका दाईहरू राकेश कुमार साह, मुकेश कुमार साह र बेहुलाको भिनाजु बाराको परवानीपुर गाउँँपालिका वडा नम्बर ५ बस्ने रामएकवाल साह रहेका छन् ।

वीरगन्ज महानगरपालिका वडा नम्बर २४ रामगढवामा गत फागुन २८ गते मध्यरातामा वैवाहिक समारोह चलिरहकै बेला बेहुला पक्षले दाइजोमा सुनको सिक्री नपाएको निहुँमा बेहुली पक्षसंग विवाद गरेपछि विहे नै भाँडिएको थियो ।त्यहि विवाद चर्किएर बेहुला र बेहुलीपक्षबिच कुटाकुटपनि भएको थियो । विहे नै भाँडिएपछि प्रहरीले विहेके जग्गेबाटै बेहुला , उनका बुबा , दाजु , भिनाजुसहित पाँच जनालाई नियन्त्रणमा लिएर उनिहरु विरुद्ध गत चैत ९ गते पर्सा जिल्ला अदालतमा बिबाह सम्बन्धि कसुरमा मुद्दा दर्ता गरेको थियो ।

उक्त मुद्दाको गत आईतबार सुनुवाई गर्दै पर्सा जिल्ला अदालतका न्यायाधीश दीपक खनालको ईजलाशले पाँचै जनासित धरौटी माग गर्ने आदेश दिएको थियो । अदालतको उक्त आदेश अनुसार धरौटी बुझाएर बेहुलासहित पाँचै जना तारेखमा रिहा भएको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।

content left

यता बेहुला पक्षले भने दाइजोको निहुँमा विहे भाँडिएको कुरा निराधार रहेको दाबी गर्दै आएको छ । बेहुलीलाई मागेजतिको गहना आँफुहरुले विहेमा नल्याएको निहुँमा बेहुली पक्षले विवाद गरेर विहे भाँडेको बेहुला पक्षले आरोप लगाउदै आएको छ ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

दिनेश चौधरीको पहलमा गाउपालिका बाट दुना टपरी बनाउने मेसिन सहयोग

थारु एक्सप्रेस

वडा नम्बर २ क्षप्कैया टोलमा स्वतंत्र उम्मेदवार श्याम प्रसाद गुप्ताद्वारा शुक्रबार घरदैलो कार्यक्रम

थारु एक्सप्रेस

पर्साको जिराभवानी गापा अध्यक्ष र उपाध्यक्ष बाट हरितालिका तिजको शुभकामना

थारु एक्सप्रेस