TharuExpress
मुख्य समाचार समाचार

भारतबाट अवैध रुपमा भित्र्याइएको ठूलो परिमाणको फर्जी मतपत्रसहित एक भारतीय पक्राउ

 

वीरगन्ज३० कार्तिक  : भारतबाट अवैध रुपमा भित्र्याइएको ठूलो परिमाणको फर्जी मतपत्रसहित एक भारतीय पक्राउ परेका छन् । भारतसँग सीमा जोडिएको पर्साको जानकीटोला नाकाबाट भित्र्याउँदै गरेको १५ हजार थान फर्जी मतपत्रसहित भारत बिहारको नरकटिया ग्राम पञ्चायत वडा नम्बर १४ घर भएका ४० वर्षीय इजाजत अहमदलाई प्रहरीले पक्राउ गरेको हो ।

 

भारत बिहारबाट बीआर २२ डब्लु ८००२ भारतीय नम्बर प्लेटको मोटरसाइकलमा नमूना मतपत्र बोकेर जानकीटोला नाका हुँदै मङगलबार छिरेका अहमदलाई जानकीटोला नाकामा खटिएको प्रहरीले पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिए ।

content left

नेपालमा मंसिर ४ मा हुन गइरहेको निर्वाचनका लागि भारतमा छापिएको नमूना मतपत्र गैरकानूनी रुपमा नेपालमा भित्र्याउँदै गरेको अवस्थामा पक्राउ परेका अहमदलाई इलाका प्रहरी कार्यालय पोखरीयाको हिरासतमा राखिएको गिरीले बताए ।

प्रनाउ गिरीले भने, ‘कुन दल वा कुन उम्मेदवारको लागि अहमदले त्यति धेरै मतपत्र भारतबाट ल्याएका हुन् ? यस बारे केही खुल्न सकेको छैन , अनुसन्धान जारी छ ।’

अवैध रुपमा भित्र्याइएको मतपत्रसहित पक्राउ परेका भारतीय नागरिक अहमदलाई कुन ऐन अन्तर्गत कारबाही प्रकृया अगाडि बढाउने विषयमा प्रमुख जिल्ला अधिकारी र प्रमुख निर्वाचन अधिकृतसँग समन्वय भइरहेको पनि गिरिले जानकारी दिए ।

प्रहरीले अहमदका साथबाट बरामद गरेको मतपत्रमा नेपाली कांग्रेसको चुनाव चिह्न रुखबाहेक अन्य सबै दलको चुनाव चिह्न रहेकाले ती मतपत्रहरु पर्सा क्षेत्र नम्बर ४ का नेकपा एमाले र जसपाका उम्मेदवारहरुले मगाएको हुन सक्ने नेपाली कांग्रेसका युवा नेता राकेश यादवले बताए।

प्रतिक्रिया लेख्नुहोस

Related posts

विभिन्न बहानामा कुटपिट गरी घरपरिवारद्वारा पाँच महिने गर्भवती महिलाको हत्या गरेको माइति पक्षको आरोप

थारु एक्सप्रेस

बारा बस दुर्घटना :मृत्यु हुनेको संख्या १७ पुग्यो, मृतक सबैको सनाखत

थारु एक्सप्रेस

सम्मान तथा कपी कलम बितरण कार्यक्रम सम्पन

थारु एक्सप्रेस