बीरगन्ज, २५ कार्तिक : पर्साको क्षेत्र नम्बर १ को (ख) मा पर्ने वीरगन्ज महानगरपालिका वडा नम्बर २ क्षप्कैया टोलमा स्वतंत्र उम्मेदवार श्याम प्रसाद गुप्ता शुक्रबार घरदैलो कार्यक्रम गरेका छन् ।
पर्साको क्षेत्र नम्बर १ को (ख) बाट घरदैलोलाई निरन्तरता दिँदै शुक्रबार वडा नम्बर २ क्षप्कैयामा घरदैलो गर्दै मतदातासँग भेटघाट गरेका छन् । मतदाताहरुको घर घरमा पुगि रिक्सा छाप्मा भोट दीन आग्रह गर्नु भएको छl श्याम प्रसाद गुप्ताले घरदैलो कार्यक्रम गर्दा बृद्,ब्रीदाले आफ्नो दुखेशो सुनाएका छन l
निरन्तर रुपमा जनताकै माझमा रहेर जनताको सुख एवम् दुःखमा साथ दिने र समाज बाट भ्रष्टचार हटाउने जानतासंग वाचा गर्नु भएका छन l मधेशी युवाको लागी मधेशी पुलिस स्थापना र भर्ति गरिने बताउनु भएको छ l
प्रतिक्रिया लेख्नुहोस
