TharuExpress
राष्ट्रिय समाचार

बारा बस दुर्घटना :मृत्यु हुनेको संख्या १७ पुग्यो, मृतक सबैको सनाखत

असोज,२१

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको तीन नम्बर पुल नजिक भएको बस दुर्घटनामा मृत्यु हुनेको सख्या १७ जना पुगेको छ । भरतपुरको चितवन मेडिकल कलेजमा गएराती एक बालिकाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १७ पुगेको हो । गएराती बारा कलैयाकी १२ बर्षिय कृतिका चौधरीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक वामदेव गौतमले जानकारी दिए । यस अघि बिहीबार उक्त बस दुर्घटनामा १६ जनाको मृत्यु भएको थियो । प्रहरी उपरीक्षक गौतमका अनुसार बस दुर्घटनामा परि मृत्यु भएका १७ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा बारा कलैया उपमहानगरपालिकाका लीलाराज चौरसिया, चितवन खैरहनी नगरपालिका–५ की नन्दकुमारी पुडासैनी, चितवन कालिका नगरपालिकाका १५ वर्षीय बालक सफल कँडेल, चितवन खैरहनी–५ का मनोरथ पुडासैनी, बाराका ५५ वर्षीय राम आश्रय राय, पर्सा–१६ की मुन्ननी देवि चौरसिया, पर्साकै सखुवा प्रसौनी गाउँपालिका ६ का दया राउत शंकर रहेका छन् ।

प्रतिक्रिया लेख्नुहोस
content left

Related posts

जनता समाजवादी पार्टी (जसपा) नेपाल र राजपा लोकतान्त्रिकबीच एकीकरण भएको छ।

ranjityadav

थारू समुदायका महिलाहरूले धकिया, पथिया बुन्ने तालिम सुक्रबार समापन

थारु एक्सप्रेस

हेटौडामा ग्यास बुलेटले मोटरसाईकललाई ठक्कर दिदा बाबु छोरीको मृत्यु 

ranjityadav