TharuExpress
समाचार

स्कुल बससहित पाँच सवारीसाधन एकापसमा ठोकिदा १५ जना घाइते

हेटौंडा,२३ साउन । हेटौंडामा सोमबार स्कुल बससहित पाँच सवारीसाधन एकापसमा ठोक्किएका छन्।

पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटेमा बिहान ९ बजेतिर गाडीहरू एकापसमा ठोक्किएका हुन्।

दुर्घटनामा विद्यार्थीहरूसहित १५ जना घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।

यतिबेला दुर्घटनाग्रस्त गाडीलाई हटाएर सवारी आवतजावत खुलाइएको प्रहरीको भनाइ छ।

मकवानपुरका डीएसपी टेकबहादुर कार्कीका अनुसार बाराबाट हेटौंडातर्फ आउँदै गरेको रिलायन्स स्कुलको बस (ना १ क ५१२३)लाई पछाडिबाट आएको ट्रक (ना ५ ख ६२५४)ले ठक्कर दिएको थियो।

त्यसपछि विपरीत दिशाबाट आएको ट्यांकर (लु १ त ४३७०)लाई ट्रकले ठक्कर दियो। ट्यांकर अनियन्त्रित भएर कार (बा ७ च ९६०४)लाई ठक्कर दिएको थियो। फेरि ट्रकले रोकिराखेको क्लिंकर बोकेको लरीलाई पनि ठक्कर दिएको थियो।

ठूलो दुर्घटना भए पनि ठूलो मानवीय क्षति हुनबाट भने जोगिएको प्रहरीले जनाएको छ।

content left
प्रतिक्रिया लेख्नुहोस

Related posts

आज जनैपूर्णिमा र गाईजात्रा पर्व मनाइँदै

थारु एक्सप्रेस

वीरगन्जको ड्राइपोर्ट नजिकै मालवाहक ट्रकले ठक्कर दिँदा एक जना बृद्धको मृत्यु

थारु एक्सप्रेस

थारु धर्मशालाको शिलान्यास ..

थारु एक्सप्रेस