TharuExpress
मुख्य समाचार राष्ट्रिय समाचार

पेट्रोलियम पदार्थको कारोबार गर्न निजी क्षेत्रलाई सरकारद्वारा अनुमति

काठमान्डौं, १६ साउन । उद्योग, वाणिज्य तथा आपूूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले नाकाबन्दी हुँदा तत्कालिन सरकारले पेट्रोलियम पदार्थको कारोबार गर्न निजी क्षेत्रलाई अनुमति दिएको बताउनुभएको छ ।

सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा मन्त्री बडूले नाकाबन्दी हुँदा नियमावलीका आधारमा केहि नीजि क्षेत्रलाई पेट्रोलियम पदार्थको आपूर्ति गर्ने जिम्मा दिएको बताउनुभएको हो । उहाले कुन सरकारका पालामा कुनै नीजि क्षेत्रले कति पेट्रोलियम पदार्थको आयात गरेको छ भन्ने सार्वजनिक गर्ने बताउनुभयो ।

अरवौंको चलखेलमा आयल निगमलाई निजिकरण गर्ने भनेर नेताहरुले नै निराधार भ्रमण फैलाउने काम गरेको उहाको भनाई छ । मन्त्री बडूले अहिले पेट्रोलियम पदार्थको कारोबार निजी क्षेत्रलाई दिने सरकारको कुनै तयारी नरहेको स्पष्ट पार्नुभयो ।

content left

अहिलको मुख्य बिषय भने निगमभित्रको सुधार मात्रै भएको उहाले बताउनुभयो । उहाले निगम अहिले पनि ५० करोड घाटामा रहेको र इण्डियन आयल कर्पोरेशनलाई २२ अर्व ४० करोड बुझाउन बाँकी रहेको जानकारी दिनुभयो । मन्त्री बडूले पेट्रोलियम पदार्थको ढूवानी नीजि क्षेत्रबाट हुने गरेको भन्दै ढूवानीको पैसा नपाएका कारण समस्या देखाउने गरेको जिकिर गर्नुभयो ।

त्यस्तै मन्त्री बडूले यसअघि पेट्रोलियम पदार्थको मूल्य उच्च हुँदा पनि निगमले जनतालाई थप मार नपार्न अन्तराष्ट्रिय मूल्य बन्दा कममा बिक्रि गरेको जिकिर गर्नुभयो । निगमलाई सरकारले सघाउने गरि नै काम गरेपनि केहि समस्या भने देखिएको उहाको भनाई छ ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

अवैध हातहतियारसहित तीन जना पक्राउ

थारु एक्सप्रेस

छोरीको हत्या गरेको आरोपमा बुवा पक्राउ

थारु एक्सप्रेस

 पर्साको जिराभवानी गाउँपालीका सुबिधा सम्पन्न प्रयोग शाला स्थापना हुँदै

थारु एक्सप्रेस