TharuExpress
मुख्य समाचार स्थानिय

पर्सागढी नगरपालिका, पटेर्वासुगौली गाउपालिका, जीराभवानी गाउपालिका लगाएत  बीरगंजमा   थारू समुदायमा यतिबेला माघीको रौनक

पर्सा ३०पुनम चौधरी   – पर्सागढी नगरपालिका, पटेर्वासुगौली गाउपालिका, जीराभवानी गाउपालिका लगाएत  बीरगंजमा   थारू समुदायमा यतिबेला माघीको रौनक छाएको छ । थारू समुदायको मुख्य पर्व माघी भोलि मनाइने भएकाले केही दिनअघिदेखि नै थारू बस्ती देखि सहर सम्म चहलपहल बढेको छ । कामका लागि बाहिर गएकाहरु माघी मनाउन घर फर्किएका छन् । माघी पर्वलाई थारू समुदायले नयाँ वर्षका रुपमा समेत मान्ने गर्छन् । यस पर्वलाई थारू समुदायले ठूलो पर्वका रुपमा मनाउँछन् ।

माघीका अवसरमा थारू संस्कृति झल्कने नृत्यले गाउँघर र सहरमा  गुञ्जयमान हुने गरेको छ । विभिन्न क्षेत्रमा विशेष योगदान पुर्याएका व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रम छ ।

content left

महोत्सवमा थारू सांस्कृतिक झाँकी, र्याली,  झाम्टा,घाटो ,सामा चकवा ,  महोत्सवमा थारू समुदायले माघी पर्वमा खाने विशेष खानाका परिकार राखिँदैछ । जस्तै घोघी ,माछा ,परेवा को मासु ,चिचर ,लोकल कुखुराको मासु ,अनरासा,पिठा, तीलको लड्डू, मिठो खानको परिकार खाएर मनाइन छ l

 

प्रतिक्रिया लेख्नुहोस

Related posts

बिद्यापती नगरमा शनिबार सरसफाई कार्यक्रम सम्पन

थारु एक्सप्रेस

 धनुषामा छोराद्वारा आमा को हत्या

थारु एक्सप्रेस

पर्साको जिराभवानीमा भार्तिय चोरीपैठारीको राङ्गा भैंसी सशस्त्र प्रहरी द्वारा पक्राउ

थारु एक्सप्रेस