TharuExpress
मुख्य समाचार समाज स्थानिय

वीरगन्जमा भएको सवारी दुर्घटनामा एक बालकको मृत्यु

 

पर्सा,०७ असोज : वीरगन्ज महानगरपालिका वडा नम्बर २१ तजपुरमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा एक बालकको मृत्यु भएको छ ।ट्याक्टरबाट खसेर त्यहि ट्याक्टरले किचिएर ताजपुरकै सन्जय पासवानका ५ वर्षिय छोरा सुशील पासवानको मृत्यु भएको हो ।

प्रहरीका अनुसार , वीरगन्ज २१ ताजपुर स्थित सडकमा बालुवा बोकेर जाँदै गरेको ना ३ त १४३६ नम्बरको ट्याक्टरमा सवार ५ वर्षिय बालक शुक्रबार बिहान साढे ९ बजे तिर ट्याक्टरवाट सडकमा खसेको र त्यहि ट्याक्टरको चक्काले किचिएर गम्भिर घाइते भएका थिए । घाईते बालकलाई उपचारको लागि तत्कालै नारायणी अस्पतालमा लैजाने क्रममा बाटोमा नै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

content left

उघm ट्याक्टर नियन्त्रणमा लिइएको र चालक सुनील यादव भने घटनास्थलबाट फरार रहेको हुँदा उनको खोजतलास भईरहेको पर्साका प्रहरी उपरिक्षक रमेश बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

भाथामा भर्याङ्गको रेलिङ्ग भाचिएर दुई जना बालिकाको मृत्यु भएको सामाचार गलत

थारु एक्सप्रेस

ब्रहमाकुमारी राजयोग सेवा केन्द्र जीतपुर साखा द्वारा ८८ औ शिव जयंतीको उपलक्षयमा प्रबचन कार्यक्रम सम्पन

थारु एक्सप्रेस

स्वदेशमा उचित ज्याला तथा आफ्नो क्षमता आनुसार काम नपाउदा युवाशक्ति बिदेशीन बाध्य

थारु एक्सप्रेस