TharuExpress
मुख्य समाचार

बाटो तथा नाला निर्माण नभएका कारण सर्वसाधारण दैनिक रुपमा समस्या भोग्नुपरेको स्थानीय द्वारा गुनासो

 

बीरगंज १९ सावन/पुनम चौधरी
बीरगंज महानगरपालिका वडा नं१४ प्रगतिनगरमा बाटो तथा नाला निर्माण नभएका कारण सर्वसाधारण दैनिक रुपमा समस्या भोग्नुपरेको स्थानीयले गुनासो गरेका छन। बीरगंज चिनी कारखानाको आवास क्षेत्रभन्दा पश्चिम पटी रहेको सो टोलका बाटोमा समान्य ग्रेभल भएका तथा पानीको निकास समेत नभएका कारण तीन फिटसम्म पानीमा हिड्नु परेको स्थानियको भनाई रहेका छन।

content left

बिशेष गरी अहिलेको बार्षातको समयमा बाटोमा पानी जमेका कारण आवतजावत गर्न निकै समस्या झेल्नु परेका स्थानीयले गुनासो गरेका छन। स्थानीय निर्वाचन समयमा बिभिन्न राज्यनीतिक दलका उम्मेदवारहरुले बाटो निर्माण गरी दिने भन्दै भोट माग्ने गरेका थिए। तर अहिले निर्वाचित भइसके पनि एकपटक पटक सो टोलमा नआएका स्थानीयको आरोप रहेका छन।

प्रतिक्रिया लेख्नुहोस

Related posts

मुर्लीमा सञ्चालित विद्यासदन माविकी साबना खातुनद्वारा आत्महत्याको प्रयास

थारु एक्सप्रेस

पानीमा डुबेर एक युवकको ज्यान गयो

थारु एक्सप्रेस

वीरगञ्ज महानगरपालिका क्षेत्रमा पार्किङ्गका लागि उचित स्थान नहुँदा मुख्य बजारका सडकमा जथाभावी ई–रिक्सा लगायत सवारी साधान पार्किङ्ग

थारु एक्सप्रेस