
आर.के.चौधरी/ श्रावण १९
पर्साको रङ्गपुर प्रहरी चौकीको सहायक प्रहरी निरीक्षक गोपाल राय यादवको कमान्डमा गएको गस्ती प्रहरी टोलीले पर्साको पटेर्वासुगौली गाउँपालिका वडा ४ को पथलावाह घाट बाट राती १९:०० बजे रातीमा सोनबर्षाको बन कार्यलयको छेउको जङ्गलबाट लुकाई छिपाई ल्याउदै गर्दा काठ तस्करहरु प्रहरीहरुलाई हेर्ने बितिकेई तस्करहरु तीन थान सालको गोलिया छोडी भागेको छ l रङ्गपुर प्रहरी चौकीले ६ फिट एक थान,३-३ फिटको दुई थानको सालको गोलाई बरामद गरेको सहायक प्रहरी निरीक्षक गोपाल राय यादवले जानकारी दिनु भएको छ ।
प्रतिक्रिया लेख्नुहोस
